सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने गरिन्छ ।
हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्यांक अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित १० जनामध्ये ९ जना यो रोगबारे अनविज्ञ रहने गरेका छन् । एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा