सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरे पछि समस्या सामाधान गर्नका निम्ति सर्वदलीय कार्यदल गठन गरिएको छ ।
आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोली (सोमबार) विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ ।
मधेश प्रदेश सभामा आगामि वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलहरुले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन् । आज गठन भएको कार्यदलले असन्तुष्ट दलहरुसंग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटीहरुको समाधानका निम्ति सहमतीको वातावरण मिलाउने छ । प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा