• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

      रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

      रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

      बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

    होमपेज /  समाचार

    भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १०, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५४ पटक पढिएको
  • मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ मा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् ।

    सरकारी निकाय र अदालतबाट समेत न्याय नपाएका मानिसहरूले यस देवताबाट न्याय पाउने र आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।

    भिई गाउँमा गुरु देवताको साथै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका अन्य दुई दर्जन भन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र धार्मिक स्थलहरू रहेका छन्, जुन अझै पनि ओझेलमा छन् ।

    ऐतिहासिक पृष्ठभूमि र जन विश्वास स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती स्थापना हुँदाकै बखत गुरु देवता कैलाश मानसरोवरबाट आएर बास बसेको भनाइ रही आएको छ ।

    त्यतिबेला देशमा सरकारी अड्डा, अदालत र प्रहरी चौकीहरू थिएनन् । गाउँमा हुने जग्गा–जमिनको विवाद, झै–झगडा, अन्याय र अत्याचारका मुद्दाहरूको छिनोफानो र न्याय दिने काम गुरु देवताले नै गर्ने गरेको स्थानीयको भनाइ छ ।

    सातौँ शताब्दीमा स्थापना भएको र तेह्रौँ शताब्दीमा (धाराको) कृषियान र हिन्दु धर्मका देवताहरूबीच तथा धामी–डाँग्रीहरूबीच ठूलो लडाइँ भएको इतिहास छ ।

    उक्त लडाइँमा गुरु देवताको विजय भएपछि, विशेष गरी जग्गा–जमिन सम्बन्धी मुद्दाहरूको छिनो फानो गर्ने मुख्य शक्तिका रूपमा यिनलाई पुग्न थालियो ।

    यही धार्मिक विश्वासका कारण आज पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, बाजुरा तथा बझाङदेखिका मानिसहरू जग्गा विवाद र अन्य विषयमा न्याय माग्न यहाँ आउने गर्दछन् ।

    ‘माटोको धनी’ देवता र नवमी मेलाको महिमा स्थानीयबासी डिल बहादुर धामीका अनुसार, गुरु देवतालाई माटो सम्बन्धी विषयको ‘राजा’ वा ‘माटोको धनी देवता’ मानिन्छ ।

    किम्वदन्ती अनुसार ३३ कोटी देवताहरू ‘हिल्सा चौरको टाँके’ भन्ने ठाउँमा जाँदा गुरु देवतापछि परेको र अगाडि पुगेका ३२ वटा देवताहरूले टाँके लेखमा रहेका ‘विजैरी फूल’ र १२ महिनामा मनाइने १२ वटा पूर्णिमाको भागबन्डा गरिसकेका थिए ।

    पछि आइपुगेका गुरु देवतालाई कुन भाग दिने भन्ने छलफल हुँदा उनलाई ‘औंसी पूर्णिमाको नवमी मेला’ को भाग दिइयो । त्यसपछि गुरु देवताले कान सफा गर्ने कनसुनोमा माटो समेत मागेकाले अहिले भिई मुगुको यी देवतालाई माटोको मालिक वा धनी देवताका रूपमा चिनिन्छ ।

    यहाँ विशेषगरी वैशाख र साउन पूर्णिमामा साना पूजाहरू हुने गरे पनि सबैभन्दा ठूलो मेला नवमीमा लाग्ने गर्दछ । उक्त मेलामा हुम्ला, जुम्ला, बाजुरा, दैलेख, अछाम र कालिकोटका हजारौँ स्थानीय बासिन्दाहरूको ठूलो भेला लाग्छ। सरकारी कार्यालय वा अदालतको फैसलाबाट चित्त नबुझेका मानिसहरू न्याय पाउन, सन्तान नभएकाहरू सन्तानको वर माग्न तथा अन्न र पशु चौपायाको समृद्धि माग्न यहाँ आउँछन् ।

    देवताको आर्शिवाद र वर पाइसकेपछि खुसी भएर भक्तजनहरूले कोसेली, उपहारका साथै खसी–बोका बलि चढाउन ल्याउने गर्दछन् । भिई गाउँका स्थानीयहरूले यहाँ आउने भक्तजनहरूलाई देवताको प्रसाद दिएर खुसी बनाएर पठाउने गरेका छन् ।

    भौतिक पूर्वाधार विकास र प्रवद्र्धनको प्रयासस्थानीय पुजारी टोप बहादुर शाही र स्थानीय पर्या धामीका अनुसार, मुगुको भिई गुरु देवताको अन्य देवी–देवताको तुलनामा छुट्टै र विशेष विशेषता रहेको बताएका छन ।

    सरकारी निकायबाट न्याय नपाएका स्थानीयहरूले गुरु देवताबाट न्याय पाएका धेरै उदाहरण र प्रमाणहरू छन्।यस क्षेत्रको धार्मिक महत्त्वलाई बुझेर पछिल्लो समय प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा केही भौतिक पूर्वाधारका कामहरू सुरु भएका छन्।

    भक्तजनहरू बस्नका लागि चौतारा, मन्दिर (माडु) को निर्माण तथा दुमुखदेखि भिई गाउँसम्म पुग्ने पदमार्गको व्यवस्था भइरहेको छ ।

    प्रत्येक वर्ष लाग्ने नवमी मेलाको अवसरमा यहाँ विशेषगरी देवताको पञ्चेबाजा, दमाहा, बन्जुर बजाउने तथा स्थानीय भेषभूषा, कला र संस्कृति झल्किने देउडा खेल र भलिबल प्रतियोगिता जस्ता खेलकुदको समेत आयोजना गर्ने गरिएको छ ।

    स्थानीय वडा सरकारको प्रतिबद्धताभिई गाउँ आसपासको क्षेत्रमा एक दर्जनभन्दा बढी देवी–देवताहरूको बासस्थान रहेको र यो क्षेत्र धार्मिक पर्यटनका लागि बलियो सम्भावना बोकेको क्षेत्र भएको छ ।

    पछिल्लो समयमा गमगढी देखी गाँढीमा चार घण्टा, मुगु र हुम्लाको दोमुख देखी पैदल १ घण्टामा भिईगाँउ सम्म सडक र पैदल बाटो जोडीएको सोरु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंह बहादुर धामी बताउँछन् ।

    वडा सरकारको प्रमुखको हैसियतले यस क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा जोड्न र राष्ट्रिय स्तरमा यसको प्रचार–प्रसार गर्न आफू पूर्ण रूपमा लागिपरेको वडा अध्यक्ष धामीले जानकारी दिए ।

    भिई गाँउमा रहेका दर्जनै धार्मिक पर्यटकीय क्षेत्रलाई प्रचार प्रचार गर्ने हो भर्ने भिई गाँउमा उत्पादन हुर्ने रैथानीय कागुर्ने,चिनो,सिमी ,कोदो,मास लगाएतका अन्न बालीहरुको राम्रो विक्री हुनुका साथै पर्यटकहरुको आमगनले यहाँका नागरिकहरुको आर्थिक, पूर्वाधार क्षेत्रमा विकास हुने देखिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

    भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

    ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

    रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

    बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑