• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित

      नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

      वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना, पीडितको गुनासो– ‘हारगुहार गर्दा पनि कसैले सुनेन’

      नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

      अमेरिका–इरान शान्ति सम्झौताको तयारी: होर्मुज जलडमरू खुल्ने ट्रम्पको दाबी, तेलको मुल्य घट्ने

      सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली

      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

      फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

      परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

      अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय

      फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

      विश्व रक्तदाता दिवस मनाइँदै

      आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

      शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ 

      पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

    होमपेज /  समाचार

    सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताएका छन् ।

    नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका लागि काम भइरहेको उल्लेख गरे । उनले पछिल्लो पुस्ताले राजनीति मार्फत राष्ट्रलाई सही दिशामा अगाडि बढाउने जिम्मेवारी लिएको भन्दै त्यसका लागि नागरिकको विश्वासलाई बलियो आधारका रूपमा लिनुपर्ने बताए ।

    उनले संसद्को प्रभावकारी अभ्यासबाट नीति निर्माण र सुधारका केही उदाहरण स्थापित गर्न सफल भएको उल्लेख गर्दै राजनीतिले दिएको अवसर र जनताले गरेको विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राखे । पराजुलीले समृद्ध नेपालको परिकल्पनाको आधार सुशासनयुक्त समाज भएको बताए ।

    उनले भने, “हामीले बलियो धरातल निर्माण गर्नुपर्छ । त्यो धरातल भनेको सुशासनयुक्त समाज हो,” पराजुलिले भने, “सुशासनको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । त्यसलाई अन्त्य गर्न प्रणाली सुधारमा केन्द्रित भएर काम गर्न आवश्यक छ ।”

    उनले नेपालको प्रशासनिक तथा शासकीय प्रणाली विगतदेखि नै विभिन्न विकृति र विसंगतिबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताए । निजी क्षेत्र सञ्चालन गरिरहेका व्यवसायीहरूसँग पनि राज्य संयन्त्रसँग सम्बन्धित अनेक अनुभव रहेको उनको भनाइ थियो ।

    “व्यवसाय सञ्चालनका क्रममा बाध्यता वा व्यक्तिगत स्वार्थका कारण विकसित भएका विकृतिहरू समयसँगै संस्थागत समस्याका रूपमा देखा परे,” उनले भने, “ती समस्यालाई समाधान गर्न विभिन्न कालखण्डमा नेताहरूले प्रतिबद्धता जनाए, प्रयास पनि गरे। तर समस्या यति गहिरो भइसकेको थियो कि त्यसको प्रभावकारी समाधान सहज थिएन ।”

    उनले विगतका शासक तथा नेतृत्व तहका व्यक्तिहरूले आफन्त र निकट वर्तीहरूमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार र विकृति नियन्त्रण हुन नसकेको टिप्पणी गरे। त्यस्ता कमजोरीका कारण राज्य प्रणालीमा सुधार अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ ।

    सांसद पराजुलीले अहिले भने त्यस्तो अवस्थाबाट मुक्ति पाउने समयको सुरुवात भएको दाबी गरे । उनले वर्तमान सरकारले कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने बताए ।

    “सरकारले नियमनको प्रक्रियालाई कडाइका साथ लागू गर्दै सुशासन कायम गर्नुपर्छ,” उनले भने, “कानुन साना व्यक्तिलाई मात्र होइन, शक्तिशाली र प्रभावशाली व्यक्तिलाई पनि समान रूपमा लागू हुन्छ भन्ने विश्वास स्थापित गर्न सके मात्रै भ्रष्टाचारको जरा हल्लाउन सकिन्छ ।” उनले शक्तिशाली व्यक्तिहरूलाई कानुनी दायराभन्दा बाहिर राखेर सुशासनको लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारे। जनताले देखेको समृद्ध र व्यवस्थित नेपालको सपना पूरा गर्न कानुनको निष्पक्ष कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।

    पराजुलीले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले पनि सुशासन अभियानमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। “यो अभियान डरको होइन, विश्वासको अभियान हो,” उनले भने, “राष्ट्र निर्माणको महाअभियानमा निजी क्षेत्रले पनि अग्रसरता देखाउनुपर्छ। सरकारले प्रणालीभित्र रहेका विकृति र फोहोरहरू नियन्त्रण गर्ने काम गरिरहेको छ ।”

    उनले सरकार, निजी क्षेत्र र नागरिक समाजबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सके मुलुकलाई आर्थिक समृद्धि र सुशासनतर्फ अघि बढाउन सहज हुने विश्वास व्यक्त गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

    फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

    विश्व रक्तदाता दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो…

    वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना, पीडितको गुनासो–…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख…

    आर्थिक

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑