• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक समाचार कमेन्टमा

      ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

      भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

      नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

      सर्लाहीमा सीडीओ रामु राज कडरिया : नियमित प्रशासनभन्दा माथि उठ्न नसकेको सात महिने कार्यकाल

      नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई सहकार्यसम्म समाचार कमेन्टमा

      विश्व खाद्य सुरक्षा दिवस मनाइँदै

      रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

      गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

      मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड

      कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल

      बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

      आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

      ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घट्नाबारे छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग

      कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

    होमपेज /  अन्य

    मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २४, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । तनहुँको दुलेगौंडादेखि स्याङ्जाको राम बाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।

    प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको अद्भुत संगम रहेको यस पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्वाधार विकास, डिजिटल प्रवद्र्धन र समन्वित प्रयास आवश्यक रहेको उनीहरूको धारणा छ ।

    शनिबार राजधानीमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको ‘मिलेनियम ट्रेक प्रवद्र्धन कार्यक्रम–२०८३’ मा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा जनप्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

    उनले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आर्थिक वर्षको बजेटमार्फत साइकलिङ ट्र्याकका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै त्यसलाई मिलेनियम ट्रेकसँग समेत जोड्न सकिने उल्लेख गरे । पर्यटन प्रवद्र्धनका लागि डिजिटल साक्षरता र गुणस्तरीय इन्टरनेट पहुँचलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशका ११ वटै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि बोर्ड सक्रिय रहेको बताउँदै अन्य ट्रेकिङ गन्तव्यमा जाने पर्यटकलाई मिलेनियम ट्रेकतर्फ आकर्षित गर्न विशेष रणनीति आवश्यक रहेको बताए ।

    कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे ले पूर्वाधार विकास, डिजिटल प्रचारप्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य निकै उज्ज्वल रहेको बताए ।

    पदमार्गका कतिपय क्षेत्रमा पर्याप्त आवास सुविधा नभएको उल्लेख गर्दै आवश्यकताअनुसार टेन्टमार्फत पनि पर्यटकलाई सेवा दिन सकिने उनको भनाइ थियो। पर्यटन व्यवसायी चन्द्र धर्ती र पोखरा वर्ड सोसाइटीका सचिव हेमन्त ढकालले पदमार्गमा रहेका चुनौती र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए । छलफल कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार अनिता बिन्दु ले गरेकी थिइन् ।

    कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले मिलेनियम ट्रेकको सम्भावना र विकासका आयाम समेटिएको कार्यपत्र प्रस्तुत गर्दै अक्टोबर देखि अप्रिलसम्म यो ट्रेकमा जानु उपयुक्त रहेको बताए ।

    तनहुँको दुलेगौंडादेखि स्याङ्जाको राम बाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। प्रारम्भिक ७२ किलोमिटर दूरी रहेको यो पदमार्गलाई विस्तार गरी ९२ किलोमिटरसम्म पु¥याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

    दुलेगौंडाको गाछेपानीस्थित रक गार्डेन, च्यवन धाम, ढोरबाराही मन्दिर, ऐतिहासिक ढोर मूल कोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैसेगौडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना र सुन्तलाबारी हुँदै राम बाछासम्म पुग्ने यो मार्ग प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।

    ६ रात सात दिनमा पूरा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ करिब ३०० प्रजातिका चराहरू पाइन्छन् । विशेष गरी नेपालमा मात्रै पाइने दुर्लभ काँडे भ्याकुर लगायतका चराहरू पदमार्गका विभिन्न स्थानमा सहजै अवलोकन गर्न सकिने भएकाले पक्षी प्रेमी र अनुसन्धानकर्ताका लागि समेत यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ ।

    कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश का प्रमुख वासुदेव पौडेल लाई मिलेनियम ट्रेकको प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

    मिलेनियम ट्रेक व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङसहित पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको थियो भने पदमार्ग क्षेत्रभित्र पर्ने विभिन्न स्थानीय तहहरूले सहयोग गरेका थिए ।

    कार्यक्रममा पदमार्ग क्षेत्रका मौलिक सांस्कृतिक पहिचान झल्काउने घाँटु र कौरा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल

    कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

    सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए

    भारत भ्रमणबाट फर्किए रवि लामिछाने, ‘सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ’

    गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, पुनः गृहमन्त्री बन्ने सम्भावनाबारे चासो

    हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटकको नेपाल आगमन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक…

    ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

    भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला…

    नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र…

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न…

    आर्थिक

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑