सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापाले उनलाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्।
बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य महरलाई नेकपा एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो। दलका नेता थापाले जारी गरेको विज्ञप्तिमा उनलाई प्रतिनिधिसभामा दलको प्रमुख सचेतकका रूपमा कार्य गर्ने गरी मनोनयन गरिएको उल्लेख गरिएको छ।
नियुक्तिपछि महरले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पूर्ण निष्ठा, इमानदारिता र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैगरी, एमालेले निशा घतानीलाई सचेतकको जिम्मेवारी दिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा