सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा गणेश पराजुली लाई चयन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
पराजुली काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुन्। उनले २०७९ को प्रतिनिधिसभा निर्वाचन र २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा उक्त क्षेत्रबाट विजयी हासिल गरेका थिए।
यसैगरी, पार्टीले संसदीय संरचना अन्तर्गत मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल लाई चयन गरेको छ।
रास्वपा संसदीय दलका नेता भने बालेन्द्र शाह रहेका छन्।
नयाँ नियुक्तिसँगै पार्टीले संसद्भित्र आफ्नो भूमिका थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा