सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आवद्ध अभिकर्ताहरूलाई लक्षित गरी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतालाई केन्द्रमा राखी सञ्चालन गरिएको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलनका आधारमा छनोट भएका १२० जना अभिकर्ताहरूलाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम प्रदान गरिएको हो।
तालिम कार्यक्रममा बीमा क्षेत्रका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमद ले बीमा व्यवसायको अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपाधि एमडिआरटी (MDRT) हासिल गर्ने प्रभावकारी उपायहरूबारे व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा ले अभिकर्ताहरूको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले विभिन्न योजनामार्फत निरन्तर तालिम दिँदै आएको उल्लेख गर्दै त्यसैको निरन्तरताका रूपमा “मन्थन २०८२” योजना सञ्चालन गरिएको जानकारी दिनुभयो।
त्यसैगरी, कोशी प्रदेशअन्तर्गत विभिन्न शाखामा उत्कृष्ट कार्य गर्दै शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणा ले मायाको चिनो प्रदान गर्नुभयो।
तालिममा सहभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर उपलब्ध गराएकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए। सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा