सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको दाबी गरेका छन्।
मंगलबार झापा क्षेत्र नम्बर–२ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त ‘लिक’ बाहिर पुर्याउने काम भएको बताएका हुन्।
उनले भदौ २७ गते राति करिब ११ बजेतिर संसद जबरजस्त भंग गरिएको उल्लेख गर्दै भने, “संविधानले नमान्ने तरिकाले संसद विघटन गरिएको छ। संविधानलाई लिकभन्दा बाहिर लगिएको अवस्था छ।”
सभामुख घिमिरेले आफू सभामुखको संविधान र कानुनसम्मत अवधि कायम रहेकाले पदमा रहनु परेको स्पष्ट पारे। “अब हुने भनिएको आम निर्वाचन फागुन २१ गते भए पनि फागुन ५ गतेसम्म मेरो पदीय अवधि रहने भएकाले सोही हैसियतमा बस्नुपरेको हो,” उनले भने, “भोली संसद पुनर्स्थापनाको पनि सम्भावना छ, यो कुरा मैले यसअघि पनि प्रस्तुत गरिसकेको छु।”
संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना रहेको उनले दोहोर्याए।
यसैबीच, सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने विषयमा भने पदीय जिम्मेवारीका कारण हालै कुनै निष्कर्षमा पुग्न नसकेको स्पष्ट पारे।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा