सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई काभ्रेपलान्चोक जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा दायर मुद्दामा सुनार फरार प्रतिवादीका रूपमा सूचीकृत थिए। मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक भएको थियो।
काभ्रे अदालतले साउन ५ गते दैलेख प्रहरीलाई सुनारलाई पक्राउ गरी अदालतमा बुझाउन आदेश दिएको थियो। गौतमले सामाजिक सञ्जालमार्फत आफूमाथि सुनारले गरेको गालीगलौज र मानहानीका प्रमाणस्वरूप स्क्रिनसटहरू प्रस्तुत गर्दै विद्युतीय कारोबारसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।
सुनारमाथि यसअघि सुर्खेतमा मेहेलकुना अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा