सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेन–जी पुस्तालाई राजनीतिमा सक्रिय र संगठित रूपमा अघि बढाउन आह्वान गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेकी छिन्, “जेनजी कुनै पार्टी वा विचारधारा होइन, यो त निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो। त्यसैले यस पुस्तालाई राजनैतिक र वैचारिक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ। देशको नेतृत्व गर्ने क्षमता यही पुस्तामा छ।”
उनका अनुसार, परम्परागत राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बन्दै गएका कारण नयाँ पुस्ताले वैकल्पिक रूपमा आफ्नो आवाज उठाउन थालेका हुन्। उनले भनिन्, “विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाइज्याक गरे।”
झाँक्रीले जेन–जी अभियानलाई दीर्घकालीन र आवश्यक पहलका रूपमा व्याख्या गर्दै थपिन्, “आत्तिनु पर्दैन, यो एउटा अभियान हो — मिल्नेहरू जोडिँदै जानेछन्, नमिल्नेहरू आफैं छुट्नेछन्।”
अन्त्यमा उनले जेन–जी पुस्तालाई हौसला दिँदै लेखेकी छिन्, “तपाईंहरूको प्रयास ठिक दिशामा छ। देशको रूपान्तरण यही पुस्ताबाट सुरु हुन्छ। अगाडि बढ्नुस् — मेरो सधैं साथ र शुभकामना छ।”
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा