सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले कुल लाभांशमा १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।
यससँगै, चालु आ.व. मा लाभांश घोषणा गर्ने पहिलो विकास बैंकको रुपमा कामना सेवा विकास बैंक रहेको छ। गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो।
आईतवार दिउँसो ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो। बैठकपश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले यसबारे जानकारी दिनुभयो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा