सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एन आई सी एशिया बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच सम्झौता सम्पन्न भएसँगै बैंकका ग्राहकहरूले होटलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
सम्झौता अनुसार, बैंकका ग्राहकले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले होटलमा उपलब्ध कुनै पनि सेवामा यो छुट लिन सक्ने व्यवस्था गरिएको छ ।
यस सुविधा उपयोग गर्न बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ । साथै मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा पनि छुट लागू हुनेछ । बैंकले यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ दिलाउनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा