सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।
साझेदारीअनुसार, एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २०% छुट पाउनेछन् । साथै, होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १०% छुटको व्यवस्था गरिएको छ ।
बैंकले यस साझेदारीले आफ्ना ग्राहक तथा कर्मचारीहरूको बसाइलाई अझ किफायती र सहज बनाउने विश्वास लिएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा