सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एशोसिएसनबीच व्यावसायिक सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एशोसिएसन (NMA) बीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एशोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार एशोसिएसनका सम्पूर्ण सदस्यहरूले विशेष छुटसहित बैंकका विभिन्न सेवाहरू प्राप्त गर्नेछन् । जसअन्तर्गत सदस्यहरूले बैंकको २७५ शाखामार्फत https://www.nimb.com.np/personal-banking/branches “प्रोफेशनल बचत खाता” खोल्दा दश लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । साथै व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा, डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यस सहकार्यबाट नेपाल मेडिकल एशोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा