• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

      अभिनेत्री उषा पौडेलले गरीन् विवाह

      चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक,भदौ २७ गतेबाट प्रदर्शन 

      बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

      अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

      माइतीघरको धर्नामा पूर्वसांसद चौधरी, राजसंस्था स्थापना र कार्यकर्ता रिहाइको माग

      नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

      शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

      गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

      राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

      मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

      एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

      बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

      बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

      जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

    होमपेज / मुख्य समाचार

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख २८, आईतबार (२३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११९ पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ । प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए ।

    त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका थिए ।

    मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो । तर मैदानको अवलोकनका लागि नेपाल न्यूज बैंक टीम आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम थियो ।

    प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखमा ठेक्का लिएको बिकेओआई–केसीडिसी–बिजी जेभीले मैदान निर्माणको कामलाई तिब्रता दिइरहेको देखिन्छ । फ्ल्ड लाइड जडान गर्नका लगि २७ करोड ४० लाख रुपैयाँमा अर्को ठेक्का पाएको विशाण–ईश्वरी जोइन्ट भेन्चरको काम भने रफ्तारमा दौडिएको देखिदैन् । अन्य काम सकिएपछि लाइट जडानको काम सुरु गर्ने विशाण–ईश्वरी जोइन्ट भेन्चरको दाबी छ । लाइटका लागि पूर्वाधारको काम जारी रहेपनि प्यारापिटको काम सकिएपछि थप काम गर्न सहज हुने दाबी गरिएको छ ।

    काममा सुस्तता देखिएपछि प्रधानमन्त्री ओलीले ३०० दिनभित्र रिंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण नै सोध्न भ्याएका छन् । उनले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन् । उनले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका छन् । तर निर्माण पक्षले जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने काममा कानुनी समयसीमाको समस्या देखाएको छ ।

    बिकेओआई–केसीडिसी–बिजी जेभीको प्यारापिट निर्माण प्रोजेक्टको डाइरेक्टर भरत गिरीले २४ घण्टा नै खटेर र सबै कामदारहरु परिचालन गरेर काम गरिरहेको बताउँछन् । ‘हामीले ६५ प्रतिशत काम पूरा गरेका छौं । प्यारापिट कास्टिङको काम जेठ भित्रमा भ्याउँछौं । त्यसपछि कुर्सी स्टल गर्ने काम असारमा गछौं । निर्माण सामग्री र बजेटको कुनै अभाव नभएपनि प्रथप पटक म्याद थप गरेकाले तोकिएको समयमा काम सक्छौं,’ गिरीले भने ।

    ‘३०० दिनको तयारी गरेर सरकार अगाडि बढदा २३४ दिन सकिएपछि ६६ दिन बाँकी हुँदा निर्माण व्यवसायीका रुपमा छनोट भयौ । ६६ दिन बाँकी रहदा एग्रिमेन्ट गर्यौं । त्यसपछि करिब १० दिन मौसम र चाँडपर्व, डिजाइनमा परिवर्तन÷परिमार्जन गर्नुपर्ने अवस्था आयो । त्यस कारण पनि तोकिएको् समयमा काम गर्न नसकिएको हो । तर थपिएको समयमा निर्माण कार्य सकिन्छ । यो प्रथम पटक म्याद थपिएको हो,’ गिरीले भने ।

    निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फÞ्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयलको दाबी छ ।

    सरकारले उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने घोषणा गरिसकेकाले निर्माण पक्ष थप दबाबमा परेको छ ।

    आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका थिए । उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए ।

    तर पछिल्लो समय भारत–पाकिस्तानबीच देखिएको तनावका कारण कुर्सीलगायतका सामग्री ल्याउन कठिन हुने निर्माण टीमको भनाइ छ । यता, लाइट जडानको जिम्मेवारी पाएको कम्पनीले पनि काम भने जारी राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    शिव सेना नेपालका अध्यक्ष पक्राउ

    यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    अभिनेत्री उषा पौडेलले गरीन् विवाह

    चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक,भदौ २७ गतेबाट प्रदर्शन 

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित, प्रि–बजेट छलफल सुरु

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    आज २०८२ वैशाख २२ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

    आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

    एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

    रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

    सुनको मूल्य बढ्यो 

    सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

    किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस् : सांसद पौडेल

    आर्थिक

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑