सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेश वा उचित आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । न्यायाधीश तिलप्रसास श्रेष्ठको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्व भाषा क्याम्पस लगायत शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको बताउँदै उक्त क्षेत्रमा राजनीतिक प्रदर्शनी रोक्न माग गर्दै आइतबार रिट निवेदन दर्ता गरेका थिए ।
काठमाडौँ महानगरपालिकामा रहेको प्रदर्शनी मार्गमा नेपाल ल क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी र काठमाडौँ मोडेल अस्पतालमा आउने बिरामीलाई प्रदर्शनी मार्गको सडकमा हुने प्रदर्शनीले विद्यार्थीको स्वच्छ वातावरणमा पढ्न पाउने हक, स्वतन्त्रताको हक र बिरामी उपचार गर्न पाउने हक तथा समग्रमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकार नै हनन हुन गएको रिटमा दाबी गरिएको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा