सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।
आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो । टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।
यो जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो । यो सिजनमा हैदरावादको पहिलो हार हो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा