• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

      काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने

      जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

      सुनको मूल्य घट्यो

      अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

      रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

      शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् : चिरिबाबु महर्जन

      आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

      भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

      स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

      आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

      सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

      तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

      संसदका दुवै सदनको बैठक बस्दै

      दुईवटा समितिको बैठक बस्दै

    होमपेज / मुख्य समाचार

    एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ पौष २२, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८५ पटक पढिएको
  • अर्जुन थपलिया/ सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरहरुलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाएर काम लगाएर ज्याला नदिइ घर फर्काइएको पाइएको छ ।

    श्रीनगर पुर्याएर एक सय २० जना नेपाली मुसहर समूदायका मजदुरलाई बन्धक मात्र बनाइएन, एक छाक मात्र खान दिएर कठोर श्रममा लगाइयो । मोवाइल खोसेर घर परिवारसँग सम्पर्कवीहिन बनाइयो । खाना र ज्याला माग्दा कुटपिट र याताना दिइयो । आठ महिनापछि प्रति व्यक्ति दुई हजार गाडी भाडा दिएर घर फर्काइयो ।

    गत कार्तिक महिनामा घर आइपुगेका मुसहर मजदुरहरु हाडछाला मात्र लिएर खाली हात घर आइपुगे । घर फर्केका अधिकांश मजदुरहरु बिरामी परेर थला परेको अवस्थामा आइपुगेका थिए । दुइ महिनाको उपचार र खानपिनपछि उनीहरु तग्रिंएका छन् । अहिले उनीहरुले न्याय माग्दै वडा कार्यालय, नगरपालिका र इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।

    मुसहर मजदुरहरुले गाउँमा फर्केर सामाजिक छलफल राखेर हरिचन सदासँग ज्याला मागेका थिए । उनले १५ हजार महिनाका दरले ज्याला उपलब्ध गराउने समाजमा बचनवद्धता प्रकट गरे । तर तोकिएको भाकामा ज्याला नदिएपछि पीडित मजदुरहरुले ज्यालाको मागसहित मानव बेचविखनमा उजुरी दिए । अहिले हरिचन सदा र उनका सम्धी फरार छन् ।
    कुरो २०८० चैत महिनाको हो । गोलबजार नगरपालिका वडा नम्बर ३ कै हरिचन सदा र नातामा उनको सम्धी पर्ने अर्का एक जनाले अपरिचित थप दुईजना व्यक्तिहरु लिएर गाउँमा आए । उनीहरु थिए दिल्ली धमला र अर्का एक नाम नखुलेको भारतीय ठेकेदार । चार जनाले वडा नं. ३ भाङ्गबारी र वडा नं. २ का नवटोली गाउँका मुसहर समुदायलाई जम्मा गरेर बैठक गरे । दैनिक ज्याला दैनिक ११ सय उपलब्ध गराउने लोभ देखाए । भवन निर्माण कार्यका लागि आकर्षक ज्याला दिने प्रस्ताव गरेपछि दुई गाउँका एक सय २० जना दलित मुसहर समुदायका मजदुरहरु भारतको श्रीनगर जान राजी भएका थिए ।

    पीडित बिनोद कुमार सदा भन्छन्,‘रक्सी र मासु पनि खुवाए । चार हजार गरी जनही पेश्की पनि दिए । गाउँकै हरिचन सदा र उनका सम्धी (नाम नखुलेका) जमानी बसे । गाउँकै हरिचनले जनही मासिक ३३ हजार ज्याला महिना पुग्नासाथ दिने भनेर ग्यारेण्टी लिएपछि श्रनिगर जान तयार भयौं । लौकहा नाकाबाट रेल चढाएर श्रीनगर पुर्याए ।’

    पीडित राजिन्द्र सदाको कुटपिटका कारण दुवै आँखामा चोट छ । उनले नेपाल फर्केर आँखा उपचार गरइरहेका छन् ।

    उनी भन्छन्,‘ठेकेदारले बस रिजर्भ गरेर ल्याए । चैत २०८० मा पहिलो लटमा ४० जना गयौं । दोस्रो पटक बैशाखमा फेरि ४० जना गयौं र जेठमा पनि ४० जना गयौं । तर जे सपना देखाएर लगिएको थियो त्यहाँ पुगेपछि ठीक उल्टो भयो । श्रीनगर साइटमा पुग्नासाथ पहिले हाम्रो मोवाइल फोन खोसियो । एउटा कम्पाउण्डमा बन्दी जस्तै बनाइयो । त्यहाँबाट बाहिर निस्कन दिइएन । भवन निर्माण कार्यमा दैनिक १२ देखि १४ घण्टासम्म भोकभोकै काम गराए ।’

    पीडित बीरेन्द्र सदा भन्छन्, ‘दिनभरी १२÷१३ घण्टासम्म काम लगाउँथे । विश्राम गर्न दिदैनथे । खान एक छाक मात्र दिन्थे ।

    आठ महिनासम्म मिठो र पेटभरी कहिल्यै खान पाएनौं । खाना र ज्याला माग्नसाथ कुटपिट गर्थे । घरमा फोन गर्दा सुरक्षा गार्ड अगाडि उभिएर सीमित मात्र शब्द बोल्न दिन्थे । राम्रो छ भनेर फोनमा बोल्न लगाउँथे । पिटाइको डरले जे जे भन भन्यो त्यही बोल्थ्यौं ।’

    पीडित मजदुर अनिरुद्ध सदा भन्छन्,‘गत कार्तिक महिनामा म त्यहाँबाट भाग्न सफल भए । माग्दै खाँदै रेलमा बिना टिकट यात्रा गर्दै घर आइपुगें । गाउँमा आएर त्यहाँको पिटाइ कुटाई र ज्याला नदिएको सुनाएपछि हरिचन सदालाई गाउँलेले ¥याख¥याख्ती बनाए । त्यसपछि हरिचनले फोन गरेर इण्डियन ठेकेदारलाई भनेपछि जनही दुई हजार गाडी भाडा दिएर सबैलाई फर्काइयो । मंसिरको अन्त्यतिर सबैजना घर फर्किन पाए ।

    हामीले सरदर ६ देखि ८ महिना नर्क भोगेर आयौं । खप्नुसम्म याताना खप्यौं । कुटपिटबाट कसैको औंला भाँच्चिएको छ । कसैको पिठ्युँभरी नीलडाम छ,’ यति भन्दै भाँच्चिएका औंला देखाएर विवेक सादले आँशु झारे ।

    उनकी आमा जलास सदा भन्छिन्,‘छोरा कमाउन गएको छ । पैसा लिएर आउँछ भन्ने आशा थियो । तर मेरो छोराको सास मात्र आइपुगेको थियो । मंैले दुई महिना औषधी उपचार गराएँ । बल्ल हिडडुल गर्न सक्ने भएको छ ।’ पीडित सुन्दर सदा भन्छन्,‘मेरो पिठ्युभरी अझै नीलडाम छ । धेरै कुटाई खइयो ।’

    मुसहर समुदायका अगुवा व्यक्तित्व अयोधी सदा भन्छन्,‘ एकसय २० जनाको सरदर सात महिनाको बोलकबोल अनुसार मासिक ३३ हजारका दरले पौने तीन करोड ज्यालाको रकम बेइमानी गरिएको छ । त्यसमाथि कुटपिट र यातना दिइएको छ । अन्यायको सीमा छैन । तर गरिब दलित मुसहरको व्यथा कसले सुन्ने ? हरिचन सदा भागी भागी हिँडेका छन् । प्रहरीले वास्ता गरेको छैन । वडा कार्यालय र नगरपालिकाले पनि न्याय दिलाउन कुनै पहल गरिदिएको छैन् ।’

    अर्का मुसहर अगुवा मनोज सदा भन्छन्,‘एकाबिहानै हाम्रो गाउँमा सारा मुसहर समुदाय जम्मा हुन्छौं । कसरी न्याय पाउने भनेर चिन्ता गर्छौ । हरेक घरमा अनिकाल छ । आठ महिनको श्रम खेर गएको छ । भरे साँझ के खाने भन्ने चिन्ता छ ।

    श्रीनगरबाट फर्किएकाहरु अझै काम गर्न सक्नेगरी तङ्ग्रिएका छैनन् । पुर्पुरोमा हात राखेर भाग्यलाई सराप्दै बस्दै गरेका छौं ।’

    वडा नम्बर ३ का वडाध्यक्ष धन प्रसाद लामा भन्छन्,‘आजैमात्र मलाई सविस्तार घटना सुनाएका छन् । रीतपूर्वक निवेदन दिन भनेको छु । निवेदन आउनासाथ पीडित मुसहर मजदुरलाई न्याय दिलाउन सक्दो सहयोग र प्रयास गरिने छ ।

    इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहका अनुसार मजदुरहरुलाई श्रीनगर लैजाने मध्येका हरिचन सदा नै वर्दीवासका मान्छेले ठगी गरेर झुक्याएर मजदुर भारततर्फ लगेको भन्दै उजुरी दिन आएका थिए । ‘हामीले घटनाबारे सूचना पाएका छौं तर रीतपूर्वक निवेदन आएको छैन । निवेदन आएपछि कानूनी कारवाही थाल्छौं,’ साहले भने ।

    राराताजब क्याम्पस गोलबजारका उप प्राध्यापक प्रदीप साह भन्छन्,‘भारतीय ठेकेदारहरु नेपालमा आएर दलित गरिबलाई आकर्षक तलब दिने प्रलोभन दिएर दिल्ली, पञ्जाव, कस्मिरलगायत दक्षिण भारतमा काम गर्न लैजान्छन् तर फर्किने बेलामा ज्याला नदिई फिर्ता पठाउँछन् । यस्ता मानव बेचविखन र ठगीका घटना बाक्लै भइरहेको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने

    रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

    संसदका दुवै सदनको बैठक बस्दै

    दुईवटा समितिको बैठक बस्दै

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने

    सुनको मूल्य घट्यो

    अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

    काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने

    रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

    संसदका दुवै सदनको बैठक बस्दै

    दुईवटा समितिको बैठक बस्दै

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २३ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना

    प्रचण्ड भेट्न खुमलटार पुगे अर्थमन्त्री विष्णु पौडेल

    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

    ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

    शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु)

    परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या

    पोप चुनाव आजबाट सुरु, ७१ देशका १३३ कार्डिनलले भाग लिने

    आर्थिक

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑