सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ मंसिर । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ विन्दुमा झरेको छ ।
यसदिन ३२० वटा कम्पनीका २ करोड ३ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनिको ३० करोड ३० लाखको शेयर किनबेच भयो ।
आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा