सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३१ जेठ, काठमाडौं ।काठमाडौं उपत्यकाको सडक सुरक्षा र सवारीसाधन आवागमनलाई आधुनिक व्यवस्थापन प्रणालीमा लैजान ट्राफिक प्रहरीले सरकारलाई ५ वर्षे कार्ययोजना प्रस्ताव गर्ने भएको छ । आगामी आर्थिक वर्ष (आव) ०७४-७५ देखि ०७८-७९ सम्म प्रस्ताव गरिएको उक्त कार्ययोजना कार्यान्वयन भएमा सडक सुरक्षा र सवारीसाधन आवागमन व्यवस्थापन प्रणाली अत्याधुनिक हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । ‘सरकारले कार्ययोजना कार्यान्वयन गर्न आवश्यक बजेट उपलब्ध गराए हाम्रो ट्राफिक व्यवस्थापन प्रणाली सिंगापुरको हाराहारीमा पुग्छ,’ उनले भने ।
कार्ययोजनालाई मंगलबार गृहमन्त्री जनार्दन शर्मासमक्ष प्रस्तुत गरिएको छ । मन्त्री शर्माले प्रस्तुत गरिएका विषय नोट गरे पनि थप केही नबताएको लामाले जानकारी दिए । अध्ययनपछि केही प्रतिक्रिया आउने महाशाखाका अधिकारीहरूको बुझाइ छ । ट्राफिक प्रहरीले गरेको प्रस्तावित कार्यायोजना कार्यान्वयन गर्न ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैया“ बजेट आवश्यक पर्ने उल्लेख छ ।
तीन चरणमा काम गरिने
५ वर्षे कार्ययोजनालाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणका लागि १४ करोड २९ लाख रुपैया“ प्रस्ताव गरिएको छ । यस चरणमा स्वास्थ्य सुरक्षा (मास्क, जोखिम भत्ता, प्राथमिक उपचार ब्याग), कम्प्युटर नेट, ब्रेथलाइजरलगायतका उपकरण, नमुना सडक, ट्राफिक सचेतना र ट्राफिक स्वयंसेवक परिचालनको काम गरिने उल्लेख छ ।
त्यस्तै, दोस्रो चरणमा ३ अर्ब २२ करोड ३७ लाख ६२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । तीन वर्षसम्म कार्यान्वयनमा रहने यस चरणमा सिसिटिभी निगरानी तथा कार्यान्वयन, ट्राफिक तालिम केन्द्र, सवारीसाधन (टिसिआरभी समेत), इन्फोर्समेन्ट डिभाइसेस्, डाटा म्यानेजमेन्ट सेन्टर, गुणस्तरीय सेवा तथा जवाफदेहिता, सञ्चार साधन तथा च्यानल, बालबालिकाका लागि शैक्षिक पार्क व्यवस्थापन रहेका छन् ।
तेस्रो चरणको कार्यक्रम पाँच वर्षसम्म कार्यान्वयनमा रहनेछ । यस चरणका लागि पनि ३ अर्ब ४० करोड ९० लाख ५३ हजार रुपैया“ लागत प्रस्ताव गरिएको छ । यस चरणमा सिसिटिभी सर्भिलियन्ससहितको ‘इन्टेलिजेन्स’ ट्राफिक व्यवस्थापन प्रणाली स्थापना गर्ने, महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयसहितको भवन निर्माण गर्ने र सुविधासम्पन्न सडक सुरक्षा तथा सवारी व्यवस्थापनसम्बन्धी सिकाइ केन्द्र स्थापना गरिनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा