सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २३ जेठ– नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसद्का ३ सय ८८ सांसदको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्रीमा चुनिएका हुन् । प्रधानमन्त्री देउवाको विपक्षमा १ सय ७० मत परेका थिए ।
पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक २०५८ र तेस्रोपटक २०६१ मा प्रधानमन्त्री वनेका थिए । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने संसदमा देउवाको विपक्षमा भोट हालेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न प्रस्ताव राखेका थिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार लगायतले देउवालाई समर्थन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा