सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप – रामेछापमा श्रीमतीले श्रीमानको गोजीबाट दुई हजार रुपैयाँ निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । थरहरि घिमिरे नाम गरेका श्रीमानले श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार पछि घाइते भएकी राधाकुमारीको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वहानामा रक्सी खाएर कुट्ने गरेको श्रीमती राधाले बताएकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा