सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ बैशाख । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ७१ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । स्वतन्त्र न्यायपालिका स्थापना भएको दिनको खुशियालीमा प्रत्येक वर्ष न्यायालयले गरेका कामको समीक्षा गर्ने अवसरका रुपमा पनि यस दिवसलाई लिने गरिन्छ ।
कानूनी राज्यको निर्माण कानूनबिना सम्भव छैन । कानूनी राज्यको आधारस्तम्भ नै कानून हो । प्रजातन्त्रको ज्यान नै कानूनी राज्य हो । मुलुकमा शान्ति र सुुशासन कानूनबिना सम्भव छैन । मुलुक संघीयतामा प्रवेश गरेसंगै संविधानसमेत जारी भइसकेको छ । संविधानअनुसारका कानून निर्माण पनि तीव्र रुपमा भइरहेको छ ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ। मंगलबार दिउँसो २ बजे शुभकामना कार्यक्रम रहेको छ।
कानून दिवसकै अवसरमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन्।
‘सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रम अगाडि बढाइरहेको पनि म यो अवसरमा उल्लेख गर्न चाहन्छु’, सन्देशमा भनिएको छ, ‘यस प्रकारका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्न कानुन दिवसले हामी सबैमा थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दछु।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा