सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ बैशाख । तेस्रो टी–२० खेलमा नेपालले जिम्बावेमाथि ८ विकेटले विजय हात पारेको छ।
अन्तिम खेलमा टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडेको थियो। जवाफि ब्याटिङ्मा उत्रेको नेपालले १५।५ ओभरमा २ विकेट गुमाउँदै १३८ रन जोड्यो।
जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तान सन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १र१ विकेट लिए।
यस्तै नेपालका लागि कुल भुर्तेलले २६ बल खेल्दै ३४ रनमा आउट भए भने बाशिर अहमद १५ बलमा १० रन जोड्दै आउट भए।
आशिफ शेख ५४ बल खेल्दै अवजित ८७ रन जोडे।
जिम्बावेसँगको पहिलो टी(२० खेलमा नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो।
यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा