सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ ,काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटको हो । आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारेवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेर कारोवार भएको सुन आइतबार फेरी ४ सय रुपैयाँ बढेर ५४ हजार ६ सय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार सोमबार चाँदीको भाउ समेत तोलामा ५ रुपैयाँ कम भएको छ । अघिल्लो दिन प्रतितोला ८ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज भने ८ सय ५ रुपयाँमा झरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा