सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर: मधेस केन्द्रित दलहरुले संविधान संशोधनबिना स्थानीय तहको निर्बाचन कुनै पनि हालतमा हुन नदिने बताइँरहदाँ म्यादी पुलिसमा भर्ना हुन धनुषाका युवाहरुले भीड लागेको छ।
स्थानीय तहको निर्वाचनको चहलपहल नदेखिए पनि उम्मेदवारहरुले आन्तरिक तयारी गरिरहेका बेला बेरोजगार युवाहरुले म्यादी पुलिस बन्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा आबेदन दिइरहेका छन् ।
प्रहरी जवानसरहको ५५ दिनको लगभग ४० हजार रुपैयाँ सेवा सुबिधा पाउने भएकाले युवायुवती आकर्षित भएका हुन् । म्यादीको प्रमाणपत्र समेत पाइने भएकाले आवेदन दिन लागिएको युवाहरुले बताए ।
दुई दिनमा ७ सय २० जनाले आवेदन दिएको प्रहरी नायव निरीक्षक मनोजकुमार यादवले बताए।
उनले आज बेलुकासम्ममा यो संख्यामा दोब्बर पुग्ने बताए । संख्या खुलाएर पत्र नआए पनि दोस्रो संविधानसभा निर्वाचनमा भर्ना गरिए अनुसार नै स्थानीय तहका लागि पनि १५ सय जना म्यादी भर्ना गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा