सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ चैत, बिराटनगर । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले मधेसी मोर्चाले चुनाव वहिष्कार गर्दैमा स्थानीय तहको चुनाव असफल नहुने वताएका छन् ।स्थानीय निर्बाचनको तयारीको बारेमा आज बिराटनगरमा अयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मधेसी मोर्चाको सहभागिता विना पनि निर्वाचन सफल हुन्छ, म विश्वस्त छु, हेर्दै जानुस् मोर्चा पनि चुनावमा आउँछ ।’प्रमुख आयुक्त यादवले तराईका जिल्लामा चुनाव घोषाणसँगै केही समस्या देखिएपनि सरकारले दिएको जिल्लमेवारीलाई पूरा गर्न आयोग तयार रहेको वताए । उनले भने, ‘पहिला पनि म निर्वाचन आयोगको सदस्य थिएँ, निर्वाचनको घोषण भएसँगै त्यो समयमपनि मेरो सवारी साधान तोडफोड भएकै थियो यो पल्ट म प्रमुख आयुक्त छु मेरो राजविराजको घरमा तोडफोड भएको छ तर यस्ता छिटपुट घटनाले सरकारले दिएको जिम्मेवारी पूरा नगरी आयोग पछि हट्दैन ।’
उनले दलीय सहमतिको अधारमा स्थानीय तहको चुनावको कल्पना गरिएकाले सवै दल चुनावमा सहभागी हुनुपर्नेमा जोड दिए । मधेसमा देखिएको समस्या सावधानका लागि सवैको चासो रहेको उल्लेख गर्दै प्रमुख आयुक्त यादवले त्यसका लागि सरकारले यथासिघ्र समस्या समाधानका लागि पहल गर्नेमा आफू विश्वस्त रहेको बताए ।प्रमुख आयुक्त यादवलेस्थानीय तहको निर्वाचन ऐतिहासिक निर्वाचन हुने पनि दावी गरे । स्थानीय तहको निर्वाचनवाट लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरुले उम्मेद्वारी दिने अवसर भएकाले चुनावको मौकालाई कसैले पनि खेर फाल्न नहुने धारणा राख्ोका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा