सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार (आज) गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गर्नुभएको हो ।
विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स रकम बैंक, वित्तीय संस्थामै जम्मा गरेको खण्डमा थप ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिमार्फत विप्रेषणबाट प्राप्त बचत रकममा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्था गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भए अनुसार त्यस्तो रेमिटेन्स बैंकिङ प्रणालीबाट आएको हुनुपर्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ प्रणालीमार्फत भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
‘बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा