सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ चैत । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोगविरुद्ध सडकमा उत्रिएका छन् । राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापा नेतृत्वको टोली र प्रहरीबीच सोमबार निर्वाचन आयोगको कार्यालय अगाडि केही बेर झडपसमेत भयो । आयोगविरुद्ध नाराबाजीमा उत्रिएका प्रदर्शनकारीसँग झडप हुँदा पाँच सेल अश्रुग्यास प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।
थापा सडकमै धर्ना बसेका थिए
थापालाई साथ दिँदै राप्रपाका तर्फबाट मन्त्री बनेकाहरू पनि विरोध प्रदर्शनमा ओर्लिएका थिए । आपूर्तिमन्त्री दीपक बोहोरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरी, राज्यमन्त्री परशुराम तामाङले थापासँगै विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय समिति बैठकले आयोगमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेअनुरूप सोमबार राप्रपाको टोली कान्तिपथस्थित आयोग कार्यालय पुगेको थियो । आयोगले विधानबाट राजसंस्था र हिन्दू–राष्ट्रसम्बन्धी पदावली हटाएको भन्दै राप्रपाले त्यस निर्णय सच्याउन माग गरेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा