सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट क्षमताको दोगेडे खोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । सो आयोजनाबाट गाउँपालिकाको आधा दर्जनभन्दा बढी गाउँका स्थानीयवासी लाभान्वित भएका छन् । आयोजनाबाट विनाडा, भाडसैन, त्याडिगाउँ र गाँजरीलगायतका गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।
करीब रु दुई करोडकोे लागतमा निर्माण भएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्नका लागि थापागाउँ, सिङराली, गोठेखान र रोतागाडाको स्थानीयवासीको घरमा वाइरिङको काम सञ्चालनमा रहेकाले ती गाउँमा पनि छिट्टै बिजुली बत्ती पु¥याउने योजना रहेको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा