सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लण्डन – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो फेरि दुई सन्तानको पिता बन्न लागेको बेलायती अनलाइनले दाबी गरेको छ ।३२ वर्षीय पोर्चुगलका कप्तानले अमेरिकी सरोगेट आमाको कोखबाट दुई छोराको पिता बन्न लागेको द सनले दाबी गरेको हो ।स्रोतलाई उल्लेख गर्दै लेखिएको छ, ‘क्रिस्टियानो र उनका परिवार नयाँ सदस्यसँग भेट्न आतुर छन् ।’
‘रोनाल्डोले आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै बोल्दैनन् । तर, आफ्नो नजिकका र साथीहरुलाई दुईवटा जुम्ल्याहा छोरा चाँडै नै यो संसारमा आउन लागेको बताएका छन्,’ स्रोतले भनेको छ ।रोनाल्डोले आफ्नो छोराका लागि भाईहरु आउने सही समय भएको पनि बताएको अनलाइनले उल्लेख गरेको छ । आमा डोलोरेसले छोराहरु हुर्काउन सहयोग गर्ने समाचार उल्लेख छ ।
रोनाल्डोको निकट रहेको स्रोतका अनुसार बच्चा जन्मिएपछि उनीहरुलाई स्पेनमा ल्याइनेछ ।रोनाल्डो हाल २३ वर्षीय जर्जिना रोड्रिगेजलाई डेट गरिरहेका छन् । उनको छोरा रोनाल्डो जुनियर पनि सरोगेट आमाबाट नै सन् २०१० मा जन्मिएको बताइन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा