सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका काम कार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज माननीय संयोजक जीवन राम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, माननीय नमिता कुमारी चौधरी र अनुगमन टोलिको शाखा अधिकृत ई. अमितकुमार यादव लगायतका टोलिले रौतहट जिल्लाको कटहरिया नगरपालिकाको अनुगमन तथा छलफल गरेको छ ।
उक्त छलफलमा नगरपालिकाकि उपप्रमुख नुरजहान खातुन , प्रमुख प्रशासकीय अधिकृत जय प्रकाश साह, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत अरबिन्द यादव लगायत नपाका वडा अध्यक्षहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै छलफल पश्चात् जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, सशस्त्र प्रमुख, अनुसन्धान प्रमुख सङ्ग समेत कोभिड तथा अन्य विषयमा छलफल भएको थियो । उक्त छलफलमा जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल यादव, नेपाल शिक्षक संघ प्रदेश नं. २ का वरिष्ठ उपाध्यक्ष राम मंगल यादवको समेत को उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा