सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २३ । राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् ।
सो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यका बाहिर राख्न पनि तयार रहेको जनाइएका छन् ।
मुख्यमन्त्री पौडेलले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि तयार छु ।’ यसैक्रममा, उनले प्रदेश सरकार एक्सन ओरियन्टेडमा उत्रिएको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो एकै दिनमै लगाइने दाबी गरेका छन् ।
सिंहदरबारको छायामा प्रदेशको राजनीति बस्न नसक्ने भन्दै मुख्यमन्त्री पौडेलले काठमाडौँ बाहिर पनि देश हो भनेर बुझाउन प्रदेश ३ को राजधानी बाहिर हुनुपर्ने जिकिर व्यक्त गरेका छन् ।
यसैक्रममा, मुख्यमन्त्री पौडेलले स्थानीय सरकारलाई कमजोर बनाउन नहुने भन्दै सरकार करबाटै चल्ने दावी गरेका छन् ।
मुख्यमन्त्री पौडेलले फरक प्रसंगमा यातायातमा बढेको कर छिट्टै फिर्ता हुने जनाइएका छन् । मुख्यमन्त्री पौडेलले भने, ‘यातायतमा बढेको कर अब बस्ने संसद बैठकबाटै संशोधन गरिन्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा