सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २० । महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ।
ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोलमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।
२०५६ सालमा महानगरले ल्हाेत्सलाई नयाँ बसपार्क हस्तान्तरण गरिसकेपछि ल्हाेत्सेले बसपार्कले चर्चेकाे एक सय ६० राेपनी जग्गाभित्र मूल सम्झाैता र गुरुयाेजनाविपरीत सपिङ कम्लेक्स, व्यापारिक प्रतिष्ठान निर्माण गरेकाे थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा