सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २९ । मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला नेपालले २–० ले जितेको छ।
आइतबार भएको दोस्रो खेलमा नेपाल ६ रनले विजयी भयो। १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन बनायो। मलेसियाका लागि सिएद अजिजले अर्धशकिय पालि खेले पनि जित दिलाउन सकेनन्।
अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। त्यस्तै अविनाश बोहरा र कप्तान पारस खड्काले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए। शरद भेषवाकरले ४० रनबनाउँदा कप्तान पारस खड्काले २३ रन बनाए। मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जानेछ। आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा