सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २८ । वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ ।
वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् ।
कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ ।
औसतमा एक कामदारले ३० हजार रेमिट्यान्स पठाउने गरेको देखाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका दक्षता बृद्धि गरेर पठाउने तयारी गरेको हो ।
सीप सिकेर जाँदा उनीहरुको औसत कमाइ दोब्बर हुन्छ ।
यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा