• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वित्तीय अनुशासनमा मधेश सरकार, अनुत्पादक खर्चमा १०० प्रतिशत रोक

      रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश

      गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      इजरायल–इरान तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

      सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

      एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

      गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

      ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

      बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

      बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

      कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

      जी–७ एजेन्डामा जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष आग्रह

      सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ

      संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो : ज्ञानु पौडेल

    होमपेज /  कला/मनोरञ्जन

    जिनियस म्युजिक अवार्ड–२०७५ सम्पन्न, कस्ले कुन अवार्ड जिते ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १३, सोमबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • ५२३ पटक पढिएको
  • काठमाडौं, जेठ १३ । नेपाली गीत, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने उदेश्यले स्थापित जिनियस म्युजिकले पहिलो पटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड–२०७५’ मा विभिन्न ४८ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

    समारोहमा ‘जननी जन्मभूमी…’ गीतबाट गायक रमेश दाहालले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।

    चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ संगै…’ गीतबाट सवोत्कृष्ट गायकको अवार्ड जिते भने यही गीतबाट गायिका अञ्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा…’ गीतका लागि शम्भूजीत बासकोटा पाए भने सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी…’ गीतका लागि बि.पाण्डेले पाए । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी…’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिन..’ गीतबाट यो सफलता पाएका हुन् ।

    चन्द्र सिंह घले (सहारा बनी) तथा करुणा सिम्खडा (दिलको राजा) ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले ‘मायालु तिमी’ गीतबाट सर्वोत्कृष्ट गीतकार (पप) को अवार्ड जिते ।

    पपतर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले शब्द…गीतबाट जिते भने मस्त जवानी…गीतबाट राजेन्द्र बजगाईंले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैंलाई…’ गीतबाट सवोत्कृष्ट पप गायिकाको अवार्ड जितिन् भने कमल खत्रीले जाउँला रेलैमा…गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोकपप विधामा छाता बोकी गीतबाट भूपु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।

    राजकुमार श्रेष्ठले ‘निष्ठुरी भनुँ…’ गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते भने डा.डिआर उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले रात पनि गीतबाट महिला गीतकारको अवार्ड पाइन् ।

    सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड संगीतकार मोहित मुनालले पाए । उनले ‘पीच रोड…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउने…बाट जुरी अवार्ड हात पारे ।

    आधुनिक संगीतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले जिते । उनले ‘जितेर पनि…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा बिनोद पछाईं (तिम्रा हजार) ले जुरी अवार्ड पाए ।

    गायक आशिष सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने…’ गीतबाट सर्वोत्कृष्ट यूगल गीतको अवार्ड जित्न सफल भए ।

    लोक तथा दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘ढल्क्यो बर…’ बाट रामजी खाँडले जिते भने ‘भाग्यमानी…’ गीतबाट देवी घर्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।

    ‘हत्ते हालिन्छ…’ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले ‘बलिदान…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते ।

    ‘मकैसिंह डाँडा…’ गीतबाट सुजन परियारले सर्वोत्कृष्ट नव गायकको अवार्ड जिते भने ‘आउनु माया…’ गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको अवार्ड जितिन् ।

    चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको अवार्ड पाए भने शिव हमालले लालुमाई गीतबाट सर्वोत्कृष्ट लय संकलकको अवार्ड जिते । मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड जिते भने बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते ।

    दलित शीर्षकको गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट सम्पादकको अवार्ड जिते भने बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायांकारको अवार्ड हाल पारे । हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले आधुनिकतर्फ सर्वोत्कृष्ट नव गायकको अवार्ड जित्न सफल भए । लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ (जिमी) ले जिते । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।

    गायक शिव परियारले ‘तिमी नै मेरो सास…’ गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकका अवार्ड जिते भने यही विधामा अटालिका गीतबाट गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए ।

    ‘तिम्रा हजार…’ गीतबाट महेश्वरमान राजभण्डारीले सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड जिते भने प्रकाश केसीले प्याप्या झ्यामबाट यही विधाको जुरी अवार्ड जिते ।

    अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनकि विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको अवार्ड जित्न सफल भए ।

    टीका बम्जनले फनफनी घुमेको गीतबाट तामाङ सेलोतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने मिङ्स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् ।

    मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भए ।

    समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक/गायिकाको अवार्ड जिते ।

    पप तथा आधुनिक विधातर्फ सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोवन गीतबाट जित्न सफल भए भने यही विधातर्फ सर्वोत्कृष्ट छायांकारको अवार्ड ‘मन मगन…’ गीतका लागि अनिल के मानन्धरले जिते ।

    निकेश खड्काले ‘गल्ती…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए ।

    पवन सुस्लिङले ‘हेरी रहुँ…’गीतबाट सर्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले ‘किन लाग्छ…’ गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए ।

    समारोहमा एसियन म्युजिकले सर्वोत्कृष्ट म्युजिक कम्पनिको अवार्ड जित्यो भने ‘सालको पात टपरी…’ गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो ।

    काठमाडौंमा आयोजित एक समारोहमा नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउने संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशी सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।

    समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रंग पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहदै नेपाली गीत, संगीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान पुर्याए वापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो ।

    त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान अर्पण गरियो भने तथा गायक अमन प्रदानलाई पनि प्रतिभा सम्मान अर्पण गरियो ।

    समारोहमा शिव परियार, कमल खत्रीसहितका संगीतकर्मीहरुले गीत संगीत प्रस्तुत गरेका थिए भने बिनु शाक्यसहित जिनियस म्युजिक स्कूलका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

    ‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

    ‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री

    रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवेको फिनाले २३ गते

    वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

    नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वित्तीय अनुशासनमा मधेश सरकार, अनुत्पादक खर्चमा १०० प्रतिशत…

    रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित…

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    ‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आर्थिक

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान

    एनएमबि बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु

    नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑