सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / धनगढी, जेठ ९ । सुदूरपश्चिम प्रदेशकै पहिलो ६ लेन सडक अत्तरिया-मोहनापुल सडकको कामले तिब्रता लिन नसक्दा यस प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरु लगायत स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
अत्तरिया देखि मोहनापुलसम्म १४ किलोमीटर सडकलाई ६ लेन बनाउने कामको आधा काम पनि नसकिदा गर्मीको समयमा चल्ने हावाका कारण सडक धुलाम्य भएर पैदल यात्री र साना सवारीसाधनयात्रीलाई आवतजावतमा सकस भएको छ ।ठेकेदार कम्पनीले सम्झौता अनुसार निर्धारित समयमा काम नसक्दा धनगढी आवतजावत गर्ने नागरिकहरुले घाम लाग्दा धुलाम्य त पानी पर्दा हिलाम्य सडकबाटै यात्रा गर्दा बिरामी हुने गरेको यात्रुहरुले गुनासो गरेका छन ।
फोटोमा हेर्नुस अत्तरिया-मोहनापुल ६ लेन सडकको अवस्था र कामको गति :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा