सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
श्रीलंकामा ईस्टरमा भएको सिलसिलेवार बम आक्रमणमा मर्नेको संख्या २९० पुगेको छ । आतंकी खतरालाई मध्यनजर गर्दे श्रीलंकामा सोमबार आधीरात बाट आपतकाल लागु गरीएको छ । मर्नेहरुमा कैयौ विदेशी नागरीकहरु पनि परेका छन् । यो विस्फोटमा डेनमार्कका सबैभन्दा धनि ब्यक्ति एनडर्स होल्च पावल्सनका ३ बच्चाको पनि मुत्यु भएको छ ।
पावल्सनका तिन बच्चा ईस्टरको मौकामा बिदा मनाउनको लागी श्रीलंका गएका थिए । ती तिनै जना विस्फोटको चपेटामा परे र उनीहरुको मुत्यु भयो । पावल्सनका चार वच्चा थिए जसमा ३ जना छोरी र एक छोरा । पावल्सन इन्टरनेशनल क्लोथिंग चेन बेस्टसेलरका मालिक हुन् । बेस्टसेलरका प्रवक्ताले सोमबार बयान दिदै पावल्सनका तिनै जना बच्चाहरुको मुत्यु भएको पुष्टि गरेका हुन् । यद्यपी, बच्चाहरुको नाम भने बताइएको छैन ।
पावल्सन डेनमार्कका सबैभन्दा धनि ब्यक्ति हुन् । फोर्ब्सका अनुसार उनको नेटवर्थ ७९० करोड डलर छ । उनी विश्वको ३०४ औ सबैभन्दा धनि ब्यक्ति हुन् । एक रिपोर्ट अनुसार, ब्रिटेनमा उनको नाममा करीब दुई लाख एकड जमिन रहेको छ । त्यहाँ उनको भन्दा धेरै जमीन सरकारसँग मात्र छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा