सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले बारा र पर्सामा हुरीका कारण ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई त्रिपाल, लत्ता कपडालगायत रु १२ हजार ५०० का दरले राहत वितरण गरेको जनाएको छ ।
पार्टीको स्थानीय सङ्गठनको सहयोगमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले घटनास्थलको स्थलगत भ्रमण गरी आज संयुक्तरुपमा पीडित परिवारलाई राहत वितरण गरेको जनाइएको छ ।
अध्यक्षद्वय राणा र लोहनीले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गरिरहेका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
यसैबीच कमल थापा नेतृत्वको राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि यही चैत १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानलाई चैत मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
जनसङ्घर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा आज सम्पन्न बैठकले अभियानमा सर्वसाधारणको सहभागिता बढेका कारण मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
संयोजक तामाङले अभियानमा सहभागी नागरिकले मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने सुझाव दिएका कारण उत्साह थपिएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा