सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विवाह पछि प्रियंका चोपडा आफनो पति निक–जोनससँग लगातार भ्याकेशन मनाइरहेकी छिन् । यती मात्र होइन प्रियंका पतिसँगको रोमान्टिक फोटो शेयर गर्न कुनै पनि मौका छोडिरहेकी छैनन् । कहिले पतिसँग त कहिले एक्लै, प्रियंका हरेक दिन सोशल मिडियामा केही न केही पोष्ट गरीरहेकी छिन् ।
२ दिन पहिला मात्र पतिसँग बेडरुमको फोटो शेयर गरेकी देसी गर्ल सोशल मिडियामा ट्रोलिंगको शिकार भएकी थिइन । अब प्रियंका आफनो एक रिभेलिङ फोटोलाई लिएर ट्रोल भईरहेकी छिन । हालै मात्र जब प्रियंका चोपडा जिमि फलकोनको शो द टुनाइट मा पुगेकी थिइन । त्यही फोटो उनले आफनो इंस्टाग्राममा शेयर गरीन ।
यही फोटोलाई लिएर उनलाई ट्रोल गरीयो । एक युजरले लेखेका छन् “निक तुम्हारी पत्नी इतनी रिवीलिंग ड्रेस पहनती है तुम कुछ कहते नहीं हो क्या?” एक यूजरले लेखे “यही ड्रेस अगर किसी आम लड़की ने पहनी होती तो हंगामा हो गया होता। ”
एक युजरले लेखे “तुम भारतीय हो प्रियंका…हमारी संस्कृति ऐसी नहीं है। ” भने केहीले उनको बचाउ पनि गरेका छन् ।
यो नै पहिलो पटक होइन जब देसी गर्र्ल यसरी ट्रोलिंगको शिकार भएको । यो भन्दा पहिला कैयौ पटक आफनो बोल्ड तस्विर तथा बयानको कारण प्रियंका चोपडा ट्रोल हुनु परेको ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा