सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको एरिजोना राज्यको राजधानि फीनिक्सको एउटा निजि अस्पतालमा १० बर्ष भन्दा बढि समयदेखी कोमामा रहेकी महिलाले हालैमात्र बच्चालाई जन्म दिएको खबर बाहिर आएको छ ।
बच्चाको जन्मसँगै अस्पतालमा रहेका सबै पुरुषहरुको डिएनए जाँच गर्न प्रहरीले सर्च वारेन्ट जारी गरेको छ । घृणित कार्य वाहिरीएको भन्दै अस्पतालको सीईओले पदबाट राजिनामा दिएका छन् । भने अस्पतालले कर्मचारीहरुको डिएनए टेष्ट गराउने कार्यको स्वागत पनि गरेको छ ।
कम्पनिले प्रेस विज्ञप्ति जारी गर्दे भनेको छ “हामी यो अत्यन्त संगीन एवं अप्रत्याशित स्थितसँग जोडिएका सबै तथ्थहरुलाई उजागर गर्नको लागी फिनिक्स प्रहरी र अन्य जाँच एजेन्सिहरुको सहयोग गर्नेछौ”।
स्थानीय न्युज वेबसाइट एजफेमिलि डटकम ले सबैभन्दा पहिला १० बर्षभन्दा पहिलादेखी कोमामा रहेकी महिलाले २९ डिसेम्बरमा एक बच्चालाई जन्म दिएकी छिन । उसको पहिचान अहिलेसम्म उजागर गरिएको छैन । यो कुराको पनि कुनै पत्ता लाग्न सकेको छैन कि उसको कोही परिवार अथवा संरक्षक छन् वा छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा