सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्राजीलमा १२ बर्षपछि बच्चा रोएको आवाज सुनिएको छ । तपाई यो कुरालाई जानेर आश्चर्यमा पर्न सक्नुहुनेछ कि ब्राजीलको एउटा फर्नाडो डी नोरोन्ह द्धिपमा पछिल्लो १२ बर्षदेखी कुनै पनि बच्चा जन्मिएको छैन । यो द्धिप शहरबाट करिब ३७० किलोमिटर टाढा रहेको छ । यहाँ करिब ३ हजार मानिसहरु बसोबास गर्छन भने त्यहाँ अहिलेसम्म कुनै पनि प्रसुती गृह छैन ।
नाम नलिने शर्तमा महिलाले बताएकी छिन कि शनिवार उनले एउटा बच्चिलाई जन्म दिइन । साथै २२ बर्षकी यि महिलाले आफु गर्भवती भएको पनि थाहा नभएको र जब गर्भवती भएको थाहा भयो उनी आश्चर्यमा परिन ।
महिलाका अनुसार शुक्रबार राती उनलाई पेट दुख्यो र उनी वाथरुम गइन । उनले बच्चिलाई त्यही बाथरुममै जन्माइन । बच्चिको बाबुले थाहा पाए र दुबै आमा र बच्चालाई अस्पताल लगे । प्रशासनले पनि बच्चाको जन्म भएको पुष्टि गरेको छ ।
१२ बर्षपछि बच्चा जन्मिदा छरछिमेक लगाएत पुरै गाउँमा खुशीको माहोल छाएको छ । गाउँका सबै जना बच्चालाई लुगा र खेलाउना लिएर हेर्न आउने क्रम तिब्र भएको छ ।
फर्नाडो डी नोरोन्हा विश्वको उत्कृष्ट दिप मध्येको एक द्धिप हो । यहाँ ब्राजिलको लोकप्रिय वन्यजिव रिजर्व मैरिटाइम पार्क पनि छ । यो द्धिपमा समुन्द्रि कछुवा, डल्फिन, ब्हेल र कैयौ दुर्लभ पंक्षिहरुको प्रजाती पाइन्छ । वन्यजन्तु को कारण नै त्यस द्धिपमा जनसंख्या नियन्त्रणको कडा कानुन लागु गरिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा