सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ पौष । गायक प्रकाश सपुतले ‘मुटु कटक्कै’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले सोमबार आफ्नो युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् ।
मायामा पीडाको कथा ब्यक्त गरिएको यो गीतलाई समाचार तयार पार्दासम्म ५ लाख ६० हजार भन्दा बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको ४ स्थानमा आएको छ ।
गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ ।
गीतको भिडियोमा प्रकाश सपुत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ ।
नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा