सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १६ वैशाख । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन ।
न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो ।
जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दी फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् । सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ ।
जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ । जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आइसीसीमा बुझाउनु पर्ने समयसीमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा