सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १० । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् ।
काठमाडौं, वैशाख १० । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् ।
सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि व्यवसायी सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारवाही गर्ने चेतावनी दिएको छ ।
यस्तै, सरकारले साउन १ गतेदेखि देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचबिखनको प्रयास गरेको पनि खुलेको छ ।
आइतबार बुढानिलकण्ठ मिनिबस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए । तर, उनीहरुको प्रयास भने सफल हुन सकेन ।
संस्थाको नाममा रहेको जग्गा पछि आफ्नो नाममा नआउने हो कि भन्ने डरले समितिहरुले जग्गा बेच्न सुरु गरेको गृहमन्त्रालयको बुझाइ छ । स्रोतका अनुसार मालपोत कार्यालय चाबहिलले नै समितिको नाममा रहेको जग्गाको स्वामित्व व्यक्तिको नाउँमा हस्तान्तरण गर्न अस्वीकार गर्यो । कारोबार दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा