सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को १४ औ प्रतिस्पर्धामा विराट कोहलीले लिड गरेको टिम इंडियाले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले यो म्याचमा अष्ट्रेलियालाई ३६ रनले हराएको हो । ओवल स्टेडियममा खेलीएको यो म्याचमा टिम इंडियाका कप्तानी कोहलीले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।
पहिला खेल्दै भारतले ५ विकेटमा ३५२ रन बनायो, जसको जवाफमा ३५३ रनको विजयी लक्ष्य लिएर मैदानमा छिरेको अष्ट्रेलिया ३१६ रनमा अल आउट भयो । भारतको तर्फबाट शिखर धवनले शतक, विराट कोहली र रोहित शर्माले अर्धशतक जोडेका थिए । भने, अष्ट्रेलियाको तर्फबाट स्मिथ, डेविड वार्नर र एलेक्स कैरीले अर्धशतक ठोकेका थिए ।
भारतको लागी शिखर धवनले ११७ रन, रोहित शर्मा ५७ रन, हार्दिक पाड्य ४२ रन, एमएस धोनी २७ र कप्तान विराट कोहलीले ८२ रन बनाए । यता, अष्ट्रेलियाको तर्फबाट मार्क िस्टोइनिसले २ जबकि मिशेल स्टार्क, नाथन कोल्टर नाइल र पैट कमिंसले संयुक्त रुपमा एक–एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा