सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ११ । आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनताको भीषण आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ ।
विसं २०६२( ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते संसद् पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको सो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
दलोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा