विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो । विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरकारको योजना छ... विस्तृतमा